रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् । बिणादेबी निवर्तमान उपमेयर हुन् । राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन् । १५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्