उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते



उदयपुर । उदयपुरको उदयपुर गढी गाउँपालिका-६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ ।

बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्