चन्द्रनगरमा अध्यक्ष कांग्रेस उपाध्यक्षमा माओवादीले जित्यो



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३ हजार ९ सय ९५ मत ल्याएर विजयी भएका छन् । भने उपाध्यक्षमा गीता देवी महतोले ३ हजार ८ सय ६० मत ल्याएर विजयी भएकी छिन् ।

महतोकाका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदरवार लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २ हजार ९ सय ५८ मत प्राप्त गरेकी छिन् ।

चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गलेका अनुसार यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले ९ पालिकामा जित निकालेको छ भने माओवादी केन्द्रले २ पालिकामा जित निकोलेको छ।

प्रतिक्रिया दिनुहोस्