२१ वर्षका वशिष्ट कुमार बने गाउँपालिका अध्यक्ष



पर्सा । २१ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका वशिष्ट कुमारले जित हात पारेका छन् ।

अध्यक्षमा निर्वाचित भएका बशिष्टले ३ हजार ७४३ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत ल्याए ।

यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीबाट उम्मेदवारी दिएका २२ वर्षीय युवक राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्