![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/05/bijay-renu--e1652625644949.jpg?fit=2130%2C1017&ssl=1)
चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् । रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।
अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँदा एकीकृत समाजवादीको पक्षमा ४९३ मत परेको छ ।
चितवनको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।