क्लबमा नाच्दानाच्दै छानो झर्यो, दुई जनाको मृत्यु



एजेन्सी : शनिबार दक्षिण कोरियाको एउटा रात्री क्लबको माथिल्लो छानो खसेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै दक्षिण कोरियाली नागरिक भएको पहिचान भएको छ। रोयर्टसका अनुसार दुर्घटनामा घाइते हुने अन्य भने धेरैजसो विदेशी छन्।

दुर्घटनाको समय क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप(विश्व जल प्रतियोगिता)’मा सहभागी हुन दक्षिण कोरिया आएका कयैन विदेशी खेलाडी पनि थिए। उनीहरुमध्ये धेरै घाइते छन्। उद्दारकर्मीका अनुसार कूल १० मानिस घाइते छन्। अधिकारीहरुले घाइतेमध्य कति जना खेलाडी भएको तथ्यांक भने दिएका छैनन्। दुर्घटना स्थानीय समय अनुसार विहान २ बजे थियो। 

‘हामीहरु नाचिरहेका थियौं। लगत्तै उभिएको छानो पाँच, ६ मिटर तल झर्यो। त्यसपछि मानिसहरु भागदौड गरिरहेका थिए,’ न्युजील्याण्डका पानीमा खेलिने पोलो टिमका क्याप्टेन म्याट स्मलले भने।

 ‘हामी तलका अरु मानिसको टाउकोमा झरेका थियौं ,’ उनले न्युजील्याण्डको रेडियो स्पोर्टलाई भने ,‘ घाइतेमध्य केहीको अवस्था चिन्ताजनक थियो,’ म्याटले भने। सियोलबाट ३३० किमी टाढा रहेको ग्वाङजुमा दुई हप्तादेखि प्रतियोगिता आयोजना भइरहेको थियो। पौडी, पानीमा खेलिने पोलो र डाइभिङ खेल समावेश प्रतियोगिता शनिबारनै समापन हुने कार्यक्रम थियो। 

ग्वाङजु प्रहरी अधिकारीले क्लबका दुई सह–संचालक र अन्य दुई कर्मचारीसँग नाइटक्लबको विस्तार र पुनरनिर्माणबारे प्रश्न गरिरहेको बताएका छन्। घाइते भएका खेलाडि धेरै जसो पानीमा खेलिने पोलोका सदस्य भएको पुष्टि भएको छ र ती अष्ट्रेलिया, न्यु जील्याण्ड, अमेरिका र ब्राजिलका छन्।  

महिलाको पानीमा खेलिने पोलो खेल भने शुक्रबारनै समापन भइसकेको छ। त्यसमा अमेरिकाले स्पेनलाई हराएर स्वर्ण पदक जित्यो र स्पेन रजतमै चित्त बुझाउनु परेको थियो। उता तेस्रो स्थानको लागि भएको खेलमा अष्ट्रेलियाले हंगेरीमाथि जित हासिल गरेर कास्य पदक कब्जा गर्यो। अष्ट्रेलियाको पानीमा खेलिने पोलोका खेलाडी क्लबमा भए पनि सकुशल रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्