छोराले गिफ्ट दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि…



एजेन्सी : कहिलेकाही यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन्। भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ। उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन्। ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन्। एकजना छोराको त बिहेपनि भैसकेको छ।

तीनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन्। छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन्। तीन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो।

५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन्। मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए।

पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे। मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो। ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ। ती युवक र महिलाको खोजी भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्