उडिरहेको विमानको शौचालयमा यो जोडी यौन कर्ममा लिप्त भेटिएपछि !



एजेन्सी : मानिसलाई अनेकौँ हर्कत गर्न मन लाग्छ। बेलायतको गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ।

विमानमा नै चिनजान भएका जोडी केही समयमा नै शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएको अधिकारीहरुले जनाएका छन्। चिनजान भएको केहीबेरमा नै दुवै जना एउटै शौचालयमा प्रवेश गरेपछि शंका लागेर एक यात्रुले चालक दलका सदस्यलाई जानकारी दिएका थिए।

चालक दलका सदस्यले शौचालयको ढोका ढक्ढक्याएपछि उनीहरु दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारिएको बताइएको छ। भर्जिन एटलान्टिक विमानले ती महिलालाई आजीवन आफ्नो विमानमा उडान गर्न रोक लगाएको छ।

चालक दलका सदस्यले ढोका खोल्न लगाएपछि शौचालयबाट बाहिर निस्कने क्रममा पुरुषले ती महिला बिरामी रहेको बताएका थिए। महिलाले अत्यधिक मदिरा सेवन गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्