बाराको जीतपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल निर्वाचित



बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बुधबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार रहेका राजन पौडेल १८ हजार ७४३ मतका साथ विजयी भएका हुन्।

सत्ता गठबन्धनको साझा उम्मेदवार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती चौधरीलाई पराजित गरे। पराजित चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन्। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको यो पहिलो नतिजा हो। अन्य उपमहानगरपालिकामा मतगणना जारी रहेको छ ।

यस्तै जीतपुरको उपमेयरमा भने एमालेका भोला प्रसाद अधिकारी विजयी भए। काँग्रेसकी मेघा शाहीलाई पराजित गर्दै उनी विजयी भएका हुन्। भोलाले १७ हजार ४९२ मत पाउँदा मेघाले १५ हजार ८४२ मत प्राप्त गरिन्। निर्वाचन अधिकृतको कार्यालयले दुबैलाई विजेता घोषित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्