१० पटक वडाध्यक्ष भइसकेका काकालाई पहिलो पटक भतिजले हराए



काठमाडौं । पञ्‍चायतकालदेखि नै वडामा निरन्तर विजयी हुँदै आएका नरसिंह व्यञ्‍जनकारलाई उनकै भतिजले पराजित गरेका छन्। ललितपुर महागरपालिकाको वडा नम्बर १० मा स्वतन्त्रबाट लडेका नरसिंहलाई हराउँदै कांग्रेस उम्मेदवार रबिन व्यञ्‍जनकार विजयी भएका हुन्।

रबिनले ८२५ मत प्राप्त गर्दा नरसिंह ५४३ मत प्राप्त गरेका छन्। नरसिंह यसअघि १० पटक वडाध्यक्षमा विजयी भएका थिए। ललितपुर महानगरमा निर्वतमान मेयर नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले जित हात पार्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्