![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/04/1600930718pakrau-2-1.jpg?fit=1024%2C568&ssl=1)
कपिलवस्तु । आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।