काठमाडौंमा बालेनको २३ हजार मत कट्यो



काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २३ हजार नाघेको छ । ५९ हजार ९७ मत गन्दा बालेनले २३ हजार ५ सय ८४ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ३८० मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत ल्याएकी छन् । बालेन एमालेका स्थापितभन्दा १२ हजार २ सय ४ मत र कांग्रेसकी सिर्जना भन्दा १२ हजार ८५ मत अन्तरले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्