पाठ्यपुस्तक नहुँदा विद्यार्थीको भविष्य अन्योलमा (विज्ञप्तिसहित)



काठमाडौं । नयाँ शैक्षिकसत्र शुरु भएको धेरै दिन बितिसक्दा पनि जनक शिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले चिन्ता व्यक्त गरेको छ ।

सरकारी स्वामित्वको मुद्रण संस्था जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेकोले वि.सं. २०६४ सालदेखि कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा निजी क्षेत्रलाई दिइएको छ ।

निजी क्षेत्रले आफ्नो जिम्मेवारी समयमै पूरा गरेपनि जनकशिक्षा सामाग्री केन्द्रले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा समस्या देखिएको छ । समयमै पाठ्यपुस्तकको छपाइ तथा वितरण नहुँदा विद्यार्थीको पढाइलाई असर परेको भन्दै मुद्रण व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले एउटा संस्था जोगाउने वहानामा लाखौँ विद्यार्थीको भविष्यलाई अन्योलमा पारेको मुद्रण व्यवसायीहरुको आरोप छ । उनीहरुले एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक छाप्न दिएमा १५ दिनभित्र सबैकाम सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्