कोमोडोले निलिदियो सिंगो बाँदर (भिडियो)



काठमाडौं : इन्डोनेसियामा एक कोमोडो ड्रागनले एउटा ठूलो बाँदर सिंगै निलिदिएको छ। घटनाको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा १० फीट लामो सरीसृपले पूरै बाँदर जम्मा ६ चोटि मुख हल्लाएर निलेको देखिन्छ। 

भिडियो शुरू हुँदा कोमोडोले अभागी बाँदरलाई आधा निलेको देखिन्छ। उसले फेरि फेरि निल्दा बाँदरको पछाडिको खुट्टा देखिन्छ। पछि गएर बाँदरको पुच्छर मात्र देखिन्छ अनि कोमोडोले अन्तिमपटक निल्दा त्यो पुच्छर पनि हराउँछ। त्यसपछि कोमोडोले गुलाफी जिभ्रो निकाल्छ। 

कोमोडो ड्रागन संसारका सबभन्दा खतरनाक शिकारी जनावरहरूमध्ये एक हो र यसले आफूभन्दा ८० प्रतिशत ठूलो जनावरलाई पनि निलिदिन सक्छ। कोमोडोले सुँगुर, हरिण र सर्प पनि खाइदिन्छ र १५ माइल प्रतिघन्टाको गतिमा दौडिन सक्छ।

उसको थुकमा ५० किसिमका ब्याक्टेरिया भेटिन्छन् र शिकार पहिलो आक्रमणबाट बच्यो भने पनि उसको टोकाइले रगतमा विष पस्छ र शिकार मर्छ। यो खतरनाक जीवले मानिसहरूलाई पनि मार्ने गरेको छ। 

प्रतिक्रिया दिनुहोस्