ह्वेलले झण्डै खाइदिएको समुद्री सिंहलाई !



एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा रहेको मोन्टेरे बेमा ह्वेल माछाले एक समुद्री सिंहलाई झण्डै निलिदिएको तस्बिर सार्वजनिक भएको छ। पुरुष समुद्री सिंह मृत्युबाट केही समयको अन्तरमा बाँचेको दृश्य तस्वीरमा देख्न पाइन्छ। 

तीनवटा हम्पब्याक ह्वेलहरूले साना एन्कोभीलाई धमाधम खाइरहँदा समुद्री सिंह आइपुगेको थियो। हम्पब्याकहरूले आफ्नो विशाल मुख खोलेर शिकार गर्ने गरेका छन् । उनीहरू माछा भरिएको ५०० ग्यालन पानी निल्न सक्छन्। 

समुद्री सिंहहरू निकै फुर्तिला र तीव्र गतिका हुन्छन् र उनीहरू ह्वेलको मुखबाट सजिलै बच्छन्। तर अहिलेको घटनामा चाहिँ ह्वेलको दाह्रा आफैंनजिक आइपुग्दा समुद्री सिंह छिट्टै भाग्न नसकेको देखिन्छ। चेज डेक्कर नामक वन्यजन्तुका फोटोग्राफरले यो दुर्लभ तस्वीर खिचेका हुन्। उनले अघिल्लो सोमवार यो फोटो खिचेका हुन्। 

प्रतिक्रिया दिनुहोस्