जेलेन्स्कीको अडान : पुटिनसँग मात्र युद्ध अन्त्यको वार्ता गर्छु



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मात्र युद्ध अन्त्यको वार्ता गर्न तयार रहेको बताएका छन् । जेलेन्स्कीले डाभोसमा भएको विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै थिए।

उनले रुसको कारबाहीले गर्दा ऊसँग कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् । रुसले भने अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो आक्रमणलाई युक्रेनमा विशेष अभियान भनेको छ । जेलेन्स्कीले भने, रुसका राष्ट्रपतिले नै हरेक निर्णय गर्छन्। यदि हामी उहाँ बिना यो युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौं भने यसको निर्णय लिन सकिँदैन ।

उनले भने, ‘राष्ट्रपति बाहेक म रुसी महासंघका कुनै पदाधिकारीसँग वार्ता गर्दिनँ, त्यो पनि वार्ताको विषय युद्ध कसरी रोक्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ। यसको अतिरिक्त अरु कुनै विषयमा वार्ता गर्नुको कुनै अर्थ छैन । गत हप्ता, जेलेन्स्कीले युक्रेनी टेलिभिजन च्यानलमा कूटनीति बिना युद्ध रोक्न असम्भव रहेको बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्