रुसी राष्ट्रपति पुटिनको हत्या प्रयास



एजेन्सी । युक्रेनमाथि रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेको केही समयमा नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको युक्रेनका शीर्ष गुप्तचर अधिकारीले बताएका छन् ।

सोमबार एक अन्तवार्ताको क्रममा युक्रेनी गुप्तचर संस्थाका प्रमुख किरिलो बुडानोभले पुटिनको हत्याको प्रयास भएको बताएका हुन् । उनका अनुसार यो प्रयास गत मार्च महिनामा भएको थियो ।

उनले भने, ‘पुटिनको हत्याको प्रयास भएको थियो। उनीमाथि आक्रमण पनि भएको थियो। यद्यपि उक्त आक्रमण असफल भएको थियो । यो आक्रमण गुपचुप राखिएको बुडानोभले बताए । उनको दाबी स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

बुडानोभका अनुसार पुटिनको हत्याको प्रयासमा युक्रेनको भने कुनै हात थिएन । युक्रेनका अर्का एक सरकारी अधिकारीले पनि बुडानोभको अभिव्यक्ति टेलिग्राम प्रोफाइलमा शेयर गरेका छन् । बुडानोभले यस वर्षको अन्तिमसम्मा रुसको नेतृत्व परिवर्तन हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्