यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ



काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशालाको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीले ११ र १२ कक्षामा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्