पुलबाट हाम्फालेर स्टन्ट देखाउन खोज्ने व्यक्तिको भाँचियो कम्मर (भिडियो)



काठमाडौं : क्रोएसियाको सिबेनिकमा लोकप्रिय बन्जी जम्पिङ स्पटका रूपमा रहेको १३० फीट अग्लो पुलबाट हाम्फाल्ने व्यक्तिको कम्मर भाँचिएको छ। घटनाको भिडियो उनका साथीले खिचेका हुन्। सुन्तला रंगको कट्टु र कालो टीशर्ट लगाएका व्यक्तिले हाम्फाल्नुअघि पुलमा ओहोरदोहोर गर्दै साथीसँग कुराकानी गरेका थिए।

उनले सुरक्षा डोरी नलगाइकनै हाम्फालेका थिए। पानीमा हाम्फालेपछि उनी डुबेनन् र किनारातिर पौडिँदै आउन सफल भए। उनलाई तटरक्षकले उद्धार गरेर अनि अस्पताल पुर्‍याइयो।

हाम्फाल्नुअघि उनले साथीलाई यस विषयमा घमण्ड गरेको एक प्रत्यक्षदर्शीले बताए। प्रहरीले यो आत्महत्याको प्रयास नभएको बतायो तर उनी नसामा थिए कि थिएनन् भन्ने पुष्टि गरेको छैन।

भिडियो सामाजिक सञ्जालमा राखिएपछि प्रयोगकर्ताहरूले हाम्फाल्ने व्यक्ति र भिडियो बनाउने व्यक्ति दुवैलाई गाली गरेका छन्। पहिचान नखुलाइएका व्यक्तिको कम्मर भाँचिएको क्रोएसियन पत्रिका डनेभोले लेख्यो। 

प्रतिक्रिया दिनुहोस्