यौन दुर्व्यवहारको आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मिस्टर एण्ड मिस कलेज २०२२ का निर्देशक लालबहादुर शंकर पक्राउ परेका छन्। सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको दमकमा आयोजक संस्थाका प्रमुख पक्राउ परेका हुन्। सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो।

‘उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरेका छौं’, दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले भने, ‘म्याद बुधबार थपेका हौं। अहिले अनुसन्धान जारी छ।’

दमकमै रहेको शंकर आर्ट्स फाउन्डेसनका निर्देशकसमेत रहेका लालबहादुर नृत्य प्रशिक्षकसमेत हुन्। उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए। त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुर्व्यवहार गर्न खोजेको उजुरी आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्