पाकिस्तानी पत्रकारले बाढीको पानीमा डुबेर गरे रिपोर्टिङ (भिडियो)



एजेन्सी : पाकिस्तानको जी–टीभी न्युज रिपोर्टर अजदार हुसेनले बाढीको पानीमा घाँटीसम्म डुबेर लाइभ रिपोर्टिङ गरेका छन्। उनको उक्त रिपोर्टिङ भाइरल भएको छ। पञ्जाब प्रान्तमा रहेको सिन्ध नदीमा आएको बाढीका बारेमा उनले रिपोर्टिङ गरेका थिए।

फोहोरी पानीमाथि उनको टाउको र एक हातले माइक्रोफोन समातेको मात्र देख्न सकिन्छ। बाढीले उक्त क्षेत्रको कृषियोग्य क्षेत्रमा कस्तो असर पारेको छ भन्ने कुरा उनले रिपोर्टिङका क्रममा बताएका थिए।

हुसेनलाई यति गहिराइमा गएर रिपोर्टिङ गरेकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरे। यसका लागि उनले पुलिट्जर पुरस्कार पाउनुपर्ने केहीको मत थियो। तर अन्यले भने यस्तो अतिवादी काम गरेकोमा उनको मानसिक अवस्थामाथि प्रश्न उठाए।

प्रतिक्रिया दिनुहोस्