जब बीच सडकमा नायिकाले उतारेकी थिइन् कपडा, टपलेस भएर घण्टौं सडकमा बसेकी थिइन्



साउथ इन्डियन फिल्म इन्डष्ट्रिका प्रशंसक नेपालमा पनि उल्लेख्य मात्रामा छन् त्यसकारण यससँग सम्बन्धित विभिन्न समाचारमा नेपालीको पनि उत्तिकै चासो छ जती भारतीयको ।साउथ इन्डियाका विभिन्न खबर आजकाल चर्चामा छ ।

चाहे त्यो विजर देवरकोन्डाको नयाँ फिल्म ‘डियर कमरेड’ मा किसिङ सीनको विषयमा उठेको विवाद होस् वा दक्षिण भारतका अभिनेत्रीले निर्माता–निर्देशकमाथि लगाइने  कास्टिङ काउचको आरोप होस् । ताजा मामला मलयालम अभिनेत्री गायत्री सुरेशको हो ।

गायत्री सुरेशले थुप्रै निर्माताले उनलाई फिल्मको बदलामा सम्बन्ध स्थापित गर्न माग गरेको आरोप लगाएकी छिन् ।अभिनेत्रीले भनिन्, ‘जब म आफ्नो संघर्षको दिनमा थिएँ तब मलाई थुप्रै निर्माताको मेसेज आउँथ्यो । उनीहरुले म यसमा राजी छु कि भनेर पनि सोध्थे । यतिमात्र होइन चर्चित भएपछि एक निर्माताले कम्प्रमाइज गर्न भनेका थिए । ’

उनको यस्तो आरोपपछि साउथ फिल्म उद्योग कास्टिङ काउचको बजार तात्तिएको छ ।

कास्टिङ काउचको विरोधमा अभिनेत्रीले उतारेकी थिइन् कपडाः

साउथ फिल्म इन्डष्ट्रिमा अहिलेसम्म कास्टिङ काउचको विरुद्धमा एक अभिनेत्रीले बीच सडकमा कपडा उतारेर बसेकी थिइन् । तेलुगु अभिनेत्री श्री रेड्डीले निर्मातामाथि कास्टिङ काउचको आरोप लगाउँदै कपडा उतारेर सडकको बीचमा बसेकी थिइन् । उनी त्यहाँ घण्टौंसम्म बसेकी थिइन् ।

हैदराबादमा फिल्म चेम्बरबाहिर टपलेस भएर उनले विरोध जनाएकी थिइन् ।

उनले त्यतिबेलदा भनेकी थिइन्, ‘टलिउडमा बाहिरका मानिसको दबदबा बढ्दै गएको छ जसका कारण स्थानीय मानिसहरुले मौका पाइरहेका छैनन् ।’ यद्यपि, टलिउडले अभिनेत्रीको हरेक आरोपलाई ठाडो अस्विकार गरेको थियो । अभिनेत्रीको यस्तो प्रकारको सडक प्रदर्शनको सूचना पाएका पुलिसले अभिनेत्रीलाई पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्