चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड बजेट



काठमाडौं । सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्