सरकारले हावादारी बजेट ल्याएको पौडेलको आरोप



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले हावादारी बजेट ल्याएको आरोप लगाएका छन् । उनले चुनावी सरकारले आफ्नो प्राथमिकता वर्तमान सरकारले नुबझेको बताएका छन् ।

उनले सरकारले दीर्घकालीन महत्त्वका योजनाका कुरा गरेको तर सरकारको आयु पाँच महिना रहेको पनि बताए । उनले बजेटमा स्वर्ग पुर्‍याइदिने खालको हावादारी कुरा समेटेको पनि बताए ।

मुलुक आर्थिक संकटमा परेका बेला मुलुकलाई आर्थिक लयमा लैजानुको साटो हावादारी बजेट अगाडि सारेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्