बजेटको लक्ष्य आउँदो चुनावमा भोट तान्ने मात्र हो : पाण्डे



काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको लक्ष्य आउँदो चुनावमा भोट तान्ने मात्र रहेको बताएका छन् । बजेट प्रस्तुत भएपछि आइतबार प्रतिक्रिया दिँदै पाण्डेले चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का नराखेको उल्लेख गरे ।

‘चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का यो बजेटले राखेको छैन । भोट मात्र कसरी तान्ने भन्ने मनसाय मात्र राखेको छ’ उनले भने । उनले किसानलाई पेन्सन दिने कुरा पपुलिस्ट ढ‌ंगले आएको बताए ।

प्रतिक्रिया दिनुहोस्