बेपत्ता विमानको खोजी बिहानैदेखि सुरु



काठमाडौं । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ। मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो । तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन।

सोमबार बिहानैदेखि खोजीलाई निरन्तरता दिइएको छ। २२ जना यात्रु  सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान  जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउँदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्