दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको जहाज



काठमाडौं। आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज मुस्ताङको थासाङ–२ को पहाडमा ठोक्किएको अवस्थामा भेटिएको हो।

खोजी तथा उद्धारका लागि हिडेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ। स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको जानकारी दिएको छ।

मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त जहाज भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। यसबारेमा थप विवरण आउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि धौलागिरी हिमशृङ्खलाको तल्लो भागमा विमान भेटिएको सूचना पाएर आफूहरू त्यहाँ जाँदै गरेको बताए। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो।सम्पर्कविहीन तारा एअरको जहाज खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए। जहाजमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।

प्रतिक्रिया दिनुहोस्