काठमाडौंका मेयर बालेन्द्र शाहको सपथ आज



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले सोमबार शपथ लिँदैछन्। आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ।

महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए । ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ। निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेवदार शाह ६१ हजार ७ सय ६७ मतसहित विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फण्बाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याउँदा एमालेका केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्