काठमाडौंका खाल्डा पुर्न पूर्वाधार एम्बुलेन्स, फोहरबारे अध्ययन गर्न कार्यदल



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राख्नु भएको थियो ।

जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ । नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ ।

यस्तै, फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ । बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्