५ दिनमा एउटै स्थानमा डुबेर ३ को मृत्यु



धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो। पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया तेस्रो लिङ्गी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए।

मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए।

सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो। पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडिखेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए। अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्