पौडी खेल्ने क्रममा १ जनाको मृत्यु



सप्तरी । सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ।

उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन्।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टभर लगिएको छ।

प्रतिक्रिया दिनुहोस्