मुसाले बिरालो लखेटेको देख्नुभएको छ ? हेर्नुहोस् भिडियो



तपाईँले बिरालो त देखेकै हुनुहुन्छ । हाम्रो घरमा वा वरपर बिरालो देखिन्छ । बिरालो प्रायः कुनै अन्डरकभर एजेन्टजस्तै निकै सतर्क भएर डुलिरहेको हुन्छ । 

 

त्यस्तै मुसा पनि तपाईँले देख्नुभएकै छ । बसपार्क, वा नालीका छेउछाउमा भेटिने ठूला–ठूला मुसा हुन् वा घरमा विभिन्न वस्तु काटिदिने मुसा हुन् । मुसा र बिरालालाई लिएर उखानै प्रचलनमा रहेको छ, ‘मुसा–बिरालोको खेलजस्तो ।’

 

मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो । लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ । तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ ? 

 

हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ ।

प्रतिक्रिया दिनुहोस्