थप १६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शून्य



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार १८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । ९५७ जनाको पिसिआर र १२२७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११० जना सक्रिय संक्रमित छन् ।

९ जना संक्रमित निको समेत भएका छन । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया दिनुहोस्