अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको ५ गोल



काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५–० ले पराजित गरेको छ। आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै ५ गोल गरे।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा ३ गोल गरेका थिए। आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्