एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने



काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार २ गते बिहानसम्म काठमाडौं आइसक्न महासचिव शङ्कर पोखरेलले पत्राचार गर्नुभएको छ ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।

जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले उल्लेख गरेको छ ।

अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्