चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते



चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा ३० जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्