सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार  आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस्