बलात्कार आरोपी मनोज पाण्डे पुर्पक्षका लागि थुनामा



काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।

अदालतले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा बलात्कार आरोपी पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

यस्तै, बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्