राष्ट्र ऋण उठाउने विधेयक पारित



काठमाडौं । संसद्ले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक-२०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो ।

छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक-२०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्