संघीयता, लोकतन्त्र र समावेशीताविरुद्ध षड्यन्त्र भइरहेको छ : यादव



धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोलन जारी रहने बताएका छन ।

जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा स्वेच्छाचारिताको अन्त्य र लोकतन्त्र रक्षाका लागि अनिवार्य आवश्यकता अनुसार पाँच दलबीच गठबन्धन भएको बताए । नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम तथा संघीयतालाई मजबुत बनाउन लडाई जारी नै रहेको उनको भनाइ थियो ।

उनले कतिपय पार्टीहरू संघीयतालाई कार्यान्वयन गर्न नै नचाहेको र नागरिकता समेत दिनबाट आनाकानी गरिरहेकाले संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले संघीयता, लोकतन्त्र र समावेशीताको विरुद्ध षड्यन्त्र भइरहेकाले गठबन्धन आवश्यक रहेको प्रस्ट्याए । अहिलेको संघीयता नाम मात्रको रहेको उल्लेख गर्दै उनले राज्यको हरेक निकायमा जनताको पहुँच हुनु नै वास्तविक रुपमा संघीयता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्