गृहमन्त्री खाण र बहुमत पार्टीको टोलीबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए।

भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ।

गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका छन।

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए ।

तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको हो।

प्रतिक्रिया दिनुहोस्