श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने



एजेन्सी । श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ । आर्थिक संकटबाट गुज्रिरहेकोले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय सरकारले गरेको हो।

सरकारले सकभर घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । हाल श्रीलंकासंग ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोल मात्रै बाँकी छ ।

श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा आफ्ना प्रतिनिधि पठाएको छ । उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन अनुरोध गरिरहेको अन्र्तराष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्