एमाले सांसद वामदेव गौतको पार्टीमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद् वामदेव गौतमको नया पार्टीमा गएकी छन् । वामदेवले गठन गरेको नयाँ राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान) मा नेकपा एमालेको सांसद तुल्सा थापा केन्द्रीय सदस्य बनेकी हुन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापा अर्को पार्टीको केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिने छ । राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पदमुक्त हुनेछिन् । दफा ३२ को ९ग०ुनिज आफैले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमाु दल त्याग गरेको मानिने भनिएको छ ।

उनी एमालेको समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् । नेपाल कबड्डी संघकी अध्यक्षसमेत रहेकी थापा नेकपा एकीकृत समाजवादी गठन हुँदा गत भदौ ९ गते हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेकी थिइन् । तर दल विभाजनको सूचीमा उनको नाम नभएको भन्दै निर्वाचन आयोगले थापाको सनाखत गरेको थिएन ।

संसद् सचिवालयका एक अधिकारीले निर्वाचन आयोगमा केन्द्रीय सदस्य थापाको नाम गए स्वतस् पदमुक्त हुने बताए । ुआयोगमा दर्ता नभएको हकमा पनि पार्टीले उजुरी गरे मुक्त हुन पर्याप्त आधार देखिन्छ,ु ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्