शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जवान’को डिजिटल राइट्स बिक्री



काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जवान’को डिजिटल राइट्स बिक्री भएको छ ।

फिल्मको डिजिटल राइट्स भिडियो प्रसारणको माध्यम नेटफ्लिक्सले १२० करोड भारतीय रुपैयाँमा किनेको छ ।

‘जवान’ सिनेमा हलमा रिलिज भएको केही समयपछि नेटफ्लिक्समा प्रदर्शनमा आउनेछ। केही दिनअघि पोस्टर तथा टिजर सार्वजनिक भएको उक्त फिल्म नेटफ्लिक्समा प्रदर्शन हुने घोषणा भएसँगै यसको चर्चा थप चुलिएको छ ।

यसबीच शाहरुखले आफ्नो फिल्मका बारेमा बोल्दै यसमा काम गर्दा निकै रमाइलो भएको बताएका छन । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आफ्ना प्रशंसकसँग गरेको कुराकानीमा भनेका थिए, ‘फिल्मको बारेमा अहिले नै केही भन्नु हतार हुन्छ। तर, म एक कलाकार भएको नाताले यसमा काम गरिरहँदा निकै मजा भइरहेको छ।’

खानको यो फिल्म निकै महंगो मूल्यमा डिटिजल प्लेटफर्मका लागि बिक्री भएका फिल्महरुमध्येमा पर्छ।

प्रतिक्रिया दिनुहोस्