गठबन्धनको निर्णय नभएसम्म बाग्मतीको मुख्यमन्त्री हेरफेर हुँदैन : नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको निर्णय नभएसम्म बाग्मतीको मुख्यमन्त्री हेरफेर नहुने बताएका छन ।

काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताएका हुन् ।

‘गठबन्धनको निर्णयअनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नु पर्छ भनेर निर्णय गरेको छैन । त्यसैले अहिले छाड्नु पर्दैन । गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं,’ नेपाललाई उद्धृत गर्दै सांसद लक्ष्मण लम्सालले बताए ।

कांग्रेस तथा माओवादी केन्द्रले भने पूर्वलिखित सहमतिअनुसार वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले पाउनु पर्ने बताएका छन् । उनीहरुले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्