एक व्यक्तिले उपहारमा पाएकाे बीएमडब्ल्यू फ्याँके नदीमा, कारण यस्ताे…



एजेन्सी : भारतको हरियाणामा एक व्यक्तिले जन्मदिनको उपहारमा ज्यागुआर कारको अपेक्षा गरेको भए पनि बीएमडब्ल्यू कार पाएपछि त्यस कारलाई नदीमा धकेलिलिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा उक्त कार बगिरहेको देख्न सकिन्छ। 

पछि त्यो कार किनारको झाडीमा अड्किन पुग्यो र ती व्यक्तिले कार उद्धार गर्न खोजे। ती व्यक्ति धनी जमीनदारको छोरा भएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको स्थानीय मिडियाको रिपोर्टमा उल्लेख छ। 

बीएमडब्ल्यू कारलाई भारतमा लगभग ३५ लाख भारु पर्छ भने ज्यागुआर कारलाई लगभग ५० लाख भारु पर्छ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्