चुनावबेलाका वाचा पुरा गर्न नसकेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर परिक्रमा



एजेन्सी : अहिले एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। यो घटना दक्षिण मेक्सिकोमा पर्ने ह्युक्सटन प्रान्तको हो। चुनावका बेला गरेका वाचाहरुलाई पुरा गर्न नसकेको भन्दै  ह्युक्सटन  प्रान्तका बासिन्दाले एक नेतालाई महिलाको कपडा लगाएर पुरा शहर परिक्रमा गराएका छन्। 

सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गरेको भन्दै स्थानीयले एक नेतालाई महिलाको कपडा लगाएर शहर परिक्रमा गराएका हुन्। अहिले उनै नेताको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

ह्युक्सटन  प्रान्तका मेयर जेवियर जिमेनेजलाई महिलाका कपडाहरु लगाएर शहर परिक्रमा गराएका थिए। मिडिया रिपोर्टरका अनुसार उनले चुनाव बेला गर्छु भनेका कुराहरु पुरा  गरेका थिएनन्। उनीहरुले मेयरलाई आफुले बोलेको कुरा पुरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप यो तरिका अपनाएका हुन्।

मेयरलाई महिलाको कपडा लगाएर स्थानीयहरुले जुलुस निकालेका थिए। त्यसअघि पनि उनीहरुले सथानीय नगरका एक अधिकारिलाई पनि वाचा पुरा नगरेको भन्दै यस किसिमको कर्वाही गरिसकेका थिए। मेयरको यो तस्बिरका साथसाथै एउटा भिडियो पनि भाइरल भइरहेको छ।

उक्त भिडियोमा एक व्यक्ति हातमा पोस्टर बोकेर दौडिरहेका छन्। भिडियोमा व्यक्तिले पोस्टरमा आफ्ना वाचा पुरा गर्न नसकेका मेयर भनेर लेखिएको पोस्टर बोकर दौडिरहेको देखाइएको छ।

एक मेक्सिकन पत्रिकाका अनुसार मेयर जेवियर जिमेनेजले शहरमा पानीको वयवस्था सुधार्नको लागि तीन मिलियन दिने निर्णय गरेका थिए। तर वाचा पुरा गर्न नसकेपछि गाउँलेले उनलाई महिलाका कपडा लगाएर शहर परिक्रमा गराएका हुन्।

स्थानीयहरुले उनलाई रकम हिनामिना गरेको समेत आरोप लगाउँदै आएका छन्। रिपोर्टका अनुसार उनलाई ४ दिन बन्धक बनाइएको थियो। साथै उनले अब अर्काे पटक पनि वाचा पुरा गर्न नसके गाउँलेहरुले टाउको खौरिदिने धम्की दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्