मोबाइल चोरीको आरोपमा युवकलाई उल्टो झुण्ड्याएर कुटपिट गरियो (भिडियो)



एजेन्सी : भारतको हरिद्वारमा एक व्यक्तिलाई मोबाइल फोन चोरी गरेको आरोप लगाउँदै क्रुद्ध भीडले उल्टो गरी झुण्ड्याएर बेस्सरी कुटपिट गरेको छ। विचलित बनाउने भिडियोमा मानिसहरूले उक्त युवकलाई रुखमा डोरी बाँधेर उल्टो झुण्ड्याउँदै टाउकोमा हिर्काएको देखिन्छ। 

जुफान नामक ती पीडितले तीनजनाविरुद्ध उजुरी दिएपछि उनीमाथि चोरीको झूटो आरोप लगाएर कुटपिट गरिएको प्रहरीले घोषणा गरेको छ। जुफानले समाचार संस्था एएनआईलाई बताए, ‘म काम गरिरहेको थिएँ।

अचानक ६ सातजना मानिस आए अनि मलाई लिएर गए। मलाई मोबाइल चोरीको आरोप लगाउँदै उनीहरूले लट्ठीले कुटपिट गरे। उनीहरूले मलाई रुखमा झुण्ड्याए अनि धेरै बेरसम्म कुटपिट गरिरहे। मेरो गोडामा चोटपटक लागेको छ।’

घटनाको भिडियोमा जुफान पीडामा कराएको अनि किशोरहरूले हेरिरहेको देख्न सकिन्छ। प्रहरीले जुफानको उजुरी लिएको तर कसैलाई पक्राउ नगरेको बताइएको थियो। भारतमा भीडले कुटीकुटी मार्ने घटनामा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्