छोराले पिताको शवलाई आफ्नो बिहेमा लग्यो, लाशकै अगाडि अग्निपरिक्रमा



एजेन्सी : भारतको तमिलनाडुस्थित विल्लुपुरममा एक छोराको बिहे हुनै लागेको बेलामा पिताको निधन भएको छ। बुवाको अन्तिम इच्छा पूरा गर्नका लागि उनको शव अगाडि राखेर छोराले सातपटक अग्निपरिक्रमा गरेका छन्। 

खबर अनुसार, बिहेको ठीक एक दिनअघि ३१ वर्षीय डी अलेक्जेन्डरका पिता देवमणिको मृत्यु भयो। देवमणि आफ्नो छोराको विवाह धुमधामले होस् भन्ने चाहन्थे। पिताको मृत्युपछि अलेक्जेन्डरले बिहे गरेर मात्र पिताको अन्तिम संस्कार गर्ने बताए। 

उनले बेहुली अन्नपूर्णानीसँग पनि कुरा गरे। उनी अलेक्जेन्डरको प्रस्तावमा बिहे गर्न तयार भइन्।  त्यसपछि धुमधामसँग बिहे गरियो। बिहे चल्दै गर्दा दुलाहा दुलही र परिवारका अन्य सदस्यले शवसँग फोटो पनि खिचे।

जन्ती लान शवलाई नुहाएर नयाँ कपडा पनि लगाइयो। बिहेपछि शनिवार शवको अन्तिम संस्कार गरियो। बिहेको तस्वीर अहिले भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्