अस्पतालका ३६ नर्स एकै वर्ष भए गर्भवती !



एजेन्सी : अमेरिकाको मिसूरी राज्यमा रहेको चिल्ड्रेन मर्सी क्यान्सास सिटी अस्पतालमा ३६ जना नर्सहरू एकै वर्ष गर्भवती भएका छन्। एकैजसो समयमा गर्भवती भएका नर्सहरूमध्ये २० जनाले बच्चा जन्माइसकेका छन्। अन्य नर्सले पनि सन् २०१९ को अन्त्यसम्ममा बच्चा जन्माइसक्ने अपेक्षा छ।

अस्पतालले आफ्नो फेसबूक पेजमा नर्सहरूको सामूहिक तस्वीर पोस्ट गरेको छ। तस्वीरको क्याप्सनमा लेखिएको छ, ‘हाम्रो सघन उपचार नर्सरीका नर्सहरूले यहाँ आउने बच्चाहरूका लागि दिनरात बिताएका छन्। उनीहरू आफैं पनि गर्भवती थिए। यी तस्वीरहरू जुन महिनामा लिइएका थिए।

यी नर्समध्ये कतिपयका बच्चा जन्मिसकेका छन् भने केहीले बच्चा जन्माउन लागेका छन्। जन्मिएका २० बच्चामा दुईजना मात्र नानी छन्, अरू सबै बाबु हुन्।’ नर्सहरूले एकअर्कालाई रेखदेख गर्ने र एकअर्काका बालबच्चालाई पनि रेखदेख गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्